आज्ञा खबर
धपुषा
इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका धनुषाको लक्ष्मिनिया– ४ का आनन्द साहको परिवारलाई मधेश प्रदेश सरकारले पाँच लाख आर्थिक सहयोग गरेको छ ।
गत असोज २० गते इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समुहले गरेको आक्रमणमा परि ज्यान गुमाएका उनको परीवारलाई मधेश प्रदेश सरकारबाट घोषणा भए अनुसार मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रबार मृतक साहका बुवा सोमन साहलाई पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समुहले गरेको आक्रमणमा परि आनन्द साहसहित अध्ययन भ्रमणमा रहेको १० जना नेपाली विद्यार्थीको निधन भएको थियो ।
आनन्द साहको परिवारलाई पाँच लाख सहयोग

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech