बर्दिवास नगरपालिका वडानम्बर १४ भित्रका दुईवटा सडकको एकै पटक ढलान हुँदै

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका वडानम्बर १४ भित्रका दुईवटा सडकको एकै पटक ढलान हुने भएको छ।
बर्दिवास नगरपालिका वडा नम्बर १४ स्थित बिहिवार दुईवटा सडकको एकै पटक स्तरोउन्नती तथा पि.सि.सि ढलान कार्यको सम्भौता भएको नगरपालिकाले जनाएको हो ।
पुर्ब पश्चिम महेन्द्र राजमार्गदेखी पश्चिम शुभस्वस्तिक अस्पताल र रामदेब महतोको घरदेखी पुर्बजाने ३ सय मिटर लामो १२ फिटे सडक तथा अर्जुन न्यौपानेको घरदेखी पुरानो ढलान सम्म १ सय २५ मिटर १४ फिटे फराकिलो बाटोमा ६ ईन्च मोटाई सहितको स्तरोन्नति गर्न लागिएको बाटो उपभोक्ता समितीका अध्यक्ष जय कुमार महतोले बताए ।
सडक ढलान निर्माणकार्य र स्तरोन्नति हुने भएपछि त्यस टोलका स्थानियबासी खुसी भएका छन् ।
सडक स्तरोन्नति योजनाको सम्झौता अनुसार २०८१ साल जेष्ठ १५ गते सम्म सम्पन्न हुनेगरी सम्झौता गरीएको वडा अध्यक्ष बिजय कुमार महतोले जानकारी दिए ।
दुबै सडक निर्माणकालागी नगरपालिकाको रु २४ लाख ७८ हजार २ सय ५१ रुपैयाँ ८४ पैसा रकम लाग्ने बताईएको छ ।
सडक ढलान सहितको स्तरोन्नति भएपछि सडक लागतको सम्पुर्ण रकम नगरपालिकाले फर्छयौट गर्ने जनाएको छ ।

विकासको आधारभूत पूर्वाधार नै सडक भएकाले सडक स्तरीय भएसँगै त्यस टोलका नागरिकले सहज र सुरक्षित यात्रा गर्नुको साथै सुख्खा मौषममा धुलाम्य र बर्षामा हिलाम्य हुने समस्याबाट राहत मिल्ने सडकका अध्यक्षय महतोको भनाई छ ।

बर्दिवास नगरपालिकामा पछिल्लो दुई बर्षदेखी स्थानिय सरकाले स्वास्थ्य, शिक्षा, रोजगार, खेलकुद, भौतिक पुर्वाधार निर्माण लगायको कामलाई मुख्य प्राथमिकतामा राखेर काम गरीरहेको जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...