कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका वडा नं. १ करुनिया निवासी ५२ वर्षीय शेख नुरुल्लाह रहेको रौतहट प्रहरीले जनाएको छ।
राजदेवी नगरपालिका वडा नं.८ बेलबिछुवा चोकमा शंकास्पद रुपमा हिडडुल गरिरहेको अवस्थामा उनलाइ पक्राउ गरिएको हो।

एघार महिना अघि रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर १ करूनिया स्थित सडकमा सोही स्थान निवासी ७८ वर्षीय शेख तैयबलाई गोलि हानी हत्या गरेको तथा गएको ०८० जेष्ठ ११ गते बिहानको समयमा सोही स्थान निवासी शेख सेराज समेतलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ०८० पौष १६ गते रौतहट जिल्ला अदालत गौरबाट वारेन्ट सहितको पक्राउ पुर्जी जारी गरीएको थियो ।
पक्राउ पुर्जी जारी गरेलगतै उनि फरार रहेका थिए ।
पक्राउ परेका उनिमाथि आवश्यक अनुसन्धान हुनेगरी छानबिन गरीने सूचना अधिकारी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...