धनुषामा गाउँनजिकैको गहुँ खेतमा एक महिलाको शब फेला

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
धनुषामा शनिबार साँझदेखि हराइरहेको एक महिलाको शब खोजतलासको क्रममा आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा फेला परेको छ ।
सहिदनगर ४ ननुपट्टी (माइती) भएकी हंसपुर ७ की ५५ वर्षीया शुभदेवी मण्डलको शब गहुँबारीमा मृत अवस्थामा फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
नर्या बर्ष मनाउन शनिबार साँझ घरबाट हिडेकी मण्डलको शरीरको विभिन्न भागमा घाउचोट देखिएको छ । कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशंका छ । घटनास्थलको तालिम प्राप्त कुकुरबाट अनुसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ ।