राधाकृष्ण शर्मा
ब्र्दिवास
बर्दिबास नगरपालिका वडा नं ३ का अध्यक्ष विराट कुमार बिष्टले फर्निचर तथा फर्निसिङ व्यवसायी संस्था महोत्तरीले चालेको कदम प्रसंसनीय रहेको बताएका छन् ।
शनिवार फर्निचर तथा फर्निसिङ व्यवसायी संस्था महोत्तरीले आयोजना गरेको राहत प्रदान कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अध्यक्ष बिष्टले सँस्थाले असहाय, असक्त तथा विपन्न लाई गर्दै आएको आर्थिक सहयोग सराहनिय तथा प्रसन्सा योग्य रहेको वताए।
संघले बिगत १ बर्ष देखि पक्षयघात भएर थला परेका सिकर्मी कृष्ण बहादुर रम्तेललाई नयाँ बर्ष को उपलक्ष्यमा सुभकामना आदानप्रदान सँगै राहत स्वरुप आर्थिक सहयोग गरेको हो।
फर्निचर तथा फर्निसिङ व्यवसायी संस्था महोत्तरीले रु ५ हजार , तथा अन्य व्यवसायी, संघ संस्थाहरुबाट रकम संकलन गरि जम्मा १९ हजार ५० रुपैयाँ फर्निचर तथा फर्निसिङ व्यवसायी संस्थाको महोत्तरीको नेतृत्वमा असक्त रम्तेल लाई राहत स्वरुप प्रदान गरेको हो।
सँस्थाका अध्यक्ष गोविन्द बहादुर खड्का (रमेश) को अध्यक्षता रहेको कार्यक्रममा अध्यक्ष खड्का र बिष्टको हात बाट राहत रकम हस्तान्तरण गरिएको सँस्थाका सचिव सागर श्र्रेष्ठ ले जनाए । सिकर्मी को रुपमा काम गर्दै आएका रम्तेललाई यस राहत रकमले थोरै भएपनि उपचारमा सहयोग पुगोस भनि हामीले सँस्थाको तर्फबाट थोरै सहयोग गरेका हौँ, भन्दै अध्यक्ष खड्काले रम्तेलको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन।