महोत्तरीबाट ज्यान मुद्दा कसुरमा फरार महिला पक्राउ

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरी प्रहरीले ज्यान मुद्दाका कसुरमा फरार रहेकी एकजना महिलालाई पक्राउ गरेको छ ।

जिल्ला अदालत महोत्तरीबाट कर्तब्य ज्यान मुद्दामा कसुर ठहरीएर १० बर्ष जेल चलानको फैसला सुनाईएको महोत्तरीको पिपरा गाउँ पालिका १ ढेकाहा बस्ने हिर्दु महतोकी श्रीमती लरुबती महतो नुनियालाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ ।
उनलाई खोज तलास गर्ने क्रममा प्रहरीले पिपरा गाउँ पालिका १ ढेकाहाबाट पक्राउ गरेको महोत्तरीका प्रहरी प्रबक्ता एबम प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए।
पक्रउ परेकी नुनियालाई आवश्यक कारबाहीकालागी जिल्ला अदालत महोत्तरीमा पठाईएको समेत उनले बताए ।