धनुषामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
धनुषामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका ३ स्थित पुरनदाहाबाट धारापानी तर्फ जाँदै गरेको ना ७ ख १६६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ३८२२ नम्बरको मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले बताएको छ ।

टिपर र टिपर चालक चेतकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएकोे छ।