आज्ञा खबर
सर्लाही
सर्लाहीमा खेत जोतिरहेको ट्याक्टर चालकको करेन्ट लागेर मृत्यु भएको छ ।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका– २ स्थित ज १ त ४३१४ नम्बरको ट्याक्टरले खेतमा पानी पटाइरहेको मोटरको तारमा छोएर करेन्ट प्रबाह हुँदा सोही ठाउँका ट्याक्टर चालक २७ वर्षीय राजेश पासवानको मृत्यु भएको हो।
चैते धान रोप्नकालागी सोही स्थानका सत्यनारायण साहको खेत जोतिरहेका बेला तारमा ट्याक्टरले छुँदा करेन्ट प्रवाह भएर गम्भीर घाइते भएका पासवानलाई
उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो अस्पताल लगिएको केही बेरमै डाक्टरले उनलाई मृत घोषणा गरेको सर्लाही प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । मृतक पासवानको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ।