श्री राम जानकी आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुखलाल महतो निर्विरोध चयन

राजकरण महतो
बर्दिवास
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर—१२ श्री राम जानकी आधारभूत विद्यालय बिजलपुरा अकुवान टोलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सुखलाल महतो निर्विरोध चयन भएका छन् । महतोको अध्यक्षतामा ७ सदस्य बिद्यालय ब्यवस्थापन समिति चयन गरिएको हो । बिद्यालयको अभिभावक भेलाबाट निर्विरोध दनौट गरीएको समितीको सदस्यहरुमा राजकिशोर महतो, बेचु विश्वकर्मा, रेखा देवी पासवान, सविता देवी पासवान र नैन देवी महतो रहेका छन् ।


७३ बर्ष अघि बसोबास भएको अकुवान टोलमा २०७८ सालमा मात्रै आधारभूत विद्यालय स्थापना भएको थियो । कक्षा तीनसम्म पढाई हुने विद्यालयमा जम्मा २ कोठा छन् । हाल बिद्यालयमा भौतिक पुर्वधार, खानेपानी, बिजुलीबत्ति, घेराबेरा, शिक्षकको समस्या रहेको छ । दलित तथा विपन्न समुदायका करीब १ सय बिद्यार्थी अध्ययनरत स्कूलमा हाल निर्वाचित विद्यालय व्यवस्थान समितिका अध्यक्ष महतोले विद्यायललाई सुविधा सम्पन्न बनाउनका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...