हराएको बालक फेला

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीमा हराएको बालकलाई प्रहरीले फेला पारेर परिवारको जिम्मा लगाएको छ ।
महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नं.५ स्थित बेवारिसे अवस्थामा मंगलवार बिहान हिडिरहेको अन्दाजी बर्ष ११ को बोल्न नसक्ने बालकलाई ईलाका प्रहरी कार्यालय कटि कटैया, बाट खटिएको प्रहरी गस्ति टोलीले फेला पारेर बुधवार परीवारलाई बुझाईएको महोत्तरीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।
फेलापरेको बालकलाई ईलाका प्रहरी कार्यालय कटिकटैयाको प्रहरी गस्ति टोलीले सोहिदिन जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा बुझाएपछी उनको पहिचान खुलेको हो ।
बालक मनरासिस्वा नगरपालिका वडा नं. ९ घर भएका महित सदाको छोरा रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई महितकी श्रीमती लिला देवी सदाको जिम्मा लगाईएको बताईएको छ ।