प्याजसहित बर्दिवासबाट बलेरो नियन्त्रणमा

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
सशस्त्र प्रहरीले महोत्तरीको गौशालाबाट सिन्धुलीतर्फ जाँदै गरेको भारतीय प्याज बाकेको बलेरो पिकअपलाई बुधबार बिहान बर्दिवास ३ स्थित बि.पि राजमार्गाबाट नियन्त्रणमा लिएको छ । बर्दीबासको गौरीडाँडास्थित सशस्त्र प्रहरीको चेक प्वाइन्ट टोलीले ४३ बोरा प्याजसहित ना १ ज ७९०३ नंको बलेरो पिकअप नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको हो ।
बोलेरो जिपलाई चेकजाँच गर्दा चालकले फरक विवरणको पुरानो र फरक बिल बिजक देखाएपछि प्याजसहितको बलेरो नियन्त्रणमा लिएको महोत्तरीको जलसागरस्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वार्टरका प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिए ।
जनकपुरको आकाश आलुप्याज भण्डारको नाममा जलेश्वर भन्सारबाट चैत २२ गते काटिएको बिल बिजकमा आयातित प्याजको तौल आठ हजार केजी उल्लेख छ। तर बरामद प्याजको तौल भने दुई हजार ५८ किलो मात्र भएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी बिलको भ्याटमा उल्लेख गरिएको गाडी र बरामद गाडीको नम्बर पनि फरक पाइएपछि छानबिनका लागि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक केसीले बताए ।
अनुमानित ११ लाख ८२ हजार ३२० रुपियाँ मूल्यसहितको बरामद प्याज र बलेरो जलेश्वर भन्सार कार्यालयमा बुझाएकोे बताईएको छ ।