फोहोरमैला ब्यबस्थापन क्षेत्रमा क्रीएसन नेपालसंग सहकार्य गरेर अगाडी बढी रहेका छौ उपमेयर महतो

आज्ञा खबर
बर्दिवास
बर्दिबास नगरपालिकाका उपमेयर तारादेबी महतोले नगरपालिकाले फोहोरमैला ब्यबस्थापन क्षेत्रमा नीति निर्माणका लागि क्रीएसन नेपालसंग सहकार्य गरेर अगाडी बढी रहेको बताइन । महोत्तरीको बर्दिवासमा मंगलवार फोहोरमैला क्षेत्रमा कामगर्ने संस्था क्रीएसन नेपालसंगको फोहोरमैला सम्बन्धि सरोकारबाला संगको छलफलमा उनले सोकुरा बताएकी हुँन ।
उनले नगरमा फोहोरमैला क्षेत्रमा काम भैरहेको जानकारी गराउंदै अझै नितिगत स्पष्टता सहित काम भईरहेको प्रस्ट पार्दै फोहोरमैलाको दीर्घकालीन ब्यबस्थापन गरीने जनाईन ।
कार्यक्रममा युरोपिएन युनियनका राजदुत भेरोनिक लोरेन्जोले बाताबरण संरक्षण सबैको लागि प्राथमिकताको बिषय भएको बताएकी छ्नि ।
राजदुत लोरेन्जोले बाताबरण हामी सबैको लागि उतिकै महत्त्वपूर्ण रहेको जोड दिंंदै यसलाई राजनीतिक रुपमा स्थानिय प्राथमिकताको बिषय बनाउनु पर्नेमा जोड दिइन ।
उनले भनिन, झबाताबरणलाई राजनीतिक रुपमा पनि प्राथमिक दिनु पर्छ । बाताबरणलाई चक्रीय अर्थतन्त्र संग जोडन सके यसले पर्यावरण संरक्षण संगै आर्थिक समृद्धि पनि हासिल गर्न सकिन्छ ।

त्यस्तै, नेपालका लागि जर्मन राजदुत थोमल प्रीन्जले बर्दिबास नगरपालिकाले फोहोरमैला ब्यबस्थापन क्षेत्रमा कसरी काम गरि रहेको जिज्ञासा् राखेका थिए ।
स्वेडन (दिल्ली) मिसन उपप्रमुख क्रीस्टिएन क्यामिलले फोहोरमैला ब्यबस्थापन बिश्वब्यापी समस्या भएको जिकिर गर्दै नितिगत रुपमा स्पस्ट हुन सके समाधान गर्न कठिन नहुने बताए ।
त्यसैगरी, फ्रान्सका राजदुत ग्लिज बोरबाउ, पियन युनियनका सहकारिता उपप्रमुख एलोइजा स्टुडिलो पनि उपस्थित रहेकी थिइन । युरोपिएन युनियनको सहयोगमा क्रीएसन नेपालले बर्दिबास नगरपालिकासंग मिलेर ग्रीनशिफ्ट परियोजना संचालन गरिरहेको छ ।
छलफलमा ग्रीन शिफ्ट परियोजनाका लागि छनौट भएका बर्दिबासका नगरपालिका भित्रका चार बिधालयका प्राधानाध्यापक सहित बिधार्थीहरुको सहभागिता रहेको थियो । उक्त बिधालयमा ञक्लाइमेट स्मार्ट स्कुलझ परियोजना सुचारु हुनेछ । जसमा बिद्यार्थीहरुले प्लास्टिकजन्य फोहोरमैला ब्यबस्थापनको बारेमा जनचेतना र ज्ञान प्राप्त गर्नेछ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...