जनकपुरधाममा छुरा प्रहारबाट महोत्तरीका एक युवकको ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
जनकपुरधाममा सोमबार दिउँसो छुरा प्रहारबाट महोत्तरीको एक युवकको ज्यान गएको छ । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाका २० वर्षीय प्रिन्सकुमार महासेठको छुरा प्रहारबाट मृत्यु भएको हो ।

छुरा प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अवालले जानकारी दिए ।

जनकपुरधाम उपमहानगरपालिका–४विश्वकर्मा चौक नजिक बस्ने महासेठमाथि मध्याह्न १२ बजेतिर छुरा प्रहार भएको थियो । हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।