निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर २ भित्र आर्थिक बर्ष २०७९÷८० मा ६ वटा कामको योजनामा ११ वटा भौतिक पुर्वाधार निर्माण सम्पन्न भएको छ।
बर्दिवास नगरपालिकाको सानो वडाहरु मध्ये भित्रको एउटा वडा वडा नम्बर २ भित्र आर्थिक बर्ष २०७९÷८० मा ६ वटा सडककोे स्तरोन्नती तथा पि.सि.सि ढलानको काम सम्पन्न भएको हो। त्यसैगरी सो वडामा योग भबन,सडकको छेउमा नाला निर्माण,सडकको ट्रयाक खोल्ने काम, वडा कार्यालयको गेट निर्माण,कम्पाउन्ड घेराबेरा, अधुरो सामुदायिक भबनको निमार्ण कार्य सम्मपन्न गर्ने कामलाई मुख्य प्रथमिकतामा राखेर काम गरीएको बर्दिवास नगरपालिका वडानम्बर २ का अध्यक्ष धिरेन्द्र कुमार सिंह (श्यामराजा) ले बताए ।
वडाका बिभिन्न स्थानमा आवतजावतगर्न प्रयोग हुने ६ ईन्च मोटाई सहितको सडक ढलान निर्माणकार्य सम्पन्न भई स्तरोन्नति भएपछि टोलका स्थानियबासी खुसी भएका छन् ।
टोलका स्थानियलाई आबत जाबतकालागी सहज बनाउने उदेश्यले बाटो निमार्ण गरीएको बर्दिवास नगरपालिकाले जनाएको छ।
विकासको आधारभूत पूर्वाधार नै सडक भएकाले सडक स्तरीय भएसँगै त्यस टोलका नागरिकले सहज र सुरक्षित यात्रा गर्नुको साथै सुख्खा मौषममा धुलाम्य र बर्षामा हिलाम्य हुने समस्याबाट राहत मिल्ने भएकाले अघिल्लो आर्थिक बर्षको बजेटमा समेटिन नसकेको योजनालाई यसबर्ष पनी समेटेर पुर्वाधारको कामलाई निरन्तरता दिईने अध्यक्ष सिंहको भनाई रहेको छ ।
निर्माणकार्य योजना उपभोक्ता समितीको मातहतमा सम्पन्नको सम्झौता अनुसार सम्पन्न भएको उपभोक्ता समितिहरुले जनाएका छन ।
नगरपालिकाको बजेट र जन श्रमदानको रकम थप गरी बाटो र नाला ढलान योग भबन लगायतका निर्माणकार्य सम्पन्न गरीएको बर्दिवास नगरपालिका योजना शाखाले जनाएको छ ।
सडकको बिवरण हेर्न पि.डि एफ लेखिएकोमा क्लिक गरेर पि.डि एफ डाउनलोड गरी योजना सम्पन्न भएको बिवरण हेर्नुहोस
