द्वन्द्व पिडित बालबालिकाकालागी क्षात्रबृति कार्यक्रम ल्याएका छौ : प्रमुख क्षेत्री

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले नगरभित्रका द्वन्द्व पिडितलाई शिक्षा,स्वास्थ्य रोजगार,आयआर्जन लगायत नगरपालिकाको हरेक अवसरमा योग्यता क्षमता र बिधि, प्रक्रिया अनुसार समाबेश गराउँदै लगिने बताएका छन।

महोत्तरीको बर्दिवासमा आईतवार न्यायका लागि नागरिक संजालले आयोजना गरेको परिपुर्णकालागी बिषयगत शाखासंगको सम्वाद कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुँन।
उनले द्वन्द पिडित बालबालिकाकालागी नगरले क्षात्रबृतिको कार्यक्रम ल्याईसकेकोले सोहीअनुसार पिडित परीवारका बालबालिकाहरुले शिक्षा लिईरहेको जानकारी दिए ।
क्षेत्रीले पिडितकालागी अन्य कार्यक्रमहरुपनी नगरसभाबाट परित गरेर शिघ्र सञ्चालनमा ल्याउने तयारीमा नगरपालिका रहेको जानकारी गराए ।
न्यायका लागि नागरिक संजाल बर्दिवासकी अध्यक्ष दिपा लामाको अध्यक्षतामा बसेको नगरपालिकाको बिषयगत शाखासंगको सम्वाद, बैठकमा पिडितहरुको बिषय बिबिध बिषयमा छलफल, भएको संस्थाकी सदस्य उर्मिला कार्कीले जानकारी दिईन ।