९४ कार्टुन मदिरा बोकेको सुमो नियन्त्रण

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
पर्साको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म अलौले भारतर्फ तस्करी गर्न लागिरहेको अवस्थामा ९४ कार्टुन मदिरासहितको टाटासुमो जिपलाई नियन्त्रणमा लिएको छ ।

वीरगन्ज महानगरपालिका–१७ स्थित कोनिया नाकाबाट भारतीय नम्बर प्लेटको बीआर १० जे ८२०१ नम्बरको टाटासुमो गाडीमा अवैध रूपमा लैजाँदै गरेको मदिरा सशस्त्र प्रहरी नायब उपरीक्षक विकाश अधिकारीको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो । मदिरा बरामद गरीएको सुमोका चालक भने प्रहरीलाई देख्नासाथ फरार भएका छन् ।

नियन्त्रणमा लिइएको मदिरा र गाडी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय वीरगन्जमा बुझाइएको छ ।