रौतहटमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
ट्याक्टरको ठक्करबाट रौतहटमा एक बालकको मृत्यु भएको छ । मृत्युु हुनेमा गुजरा नगरपालिका ४ का शेख हसमुल्लाका १३ वर्षीया छोरा शेष सहनवाज छन् ।

धनसारबाट जंगलसैया तर्फ जाँदै गरेको ना ७ त ७५७ नम्बर को धान काट्ने ट्रेक्टरले आज बिहान सवा ७ बजे साइकलबाट बाटो काट्ने क्रममा बालकलाई ठक्कर दिएको थियो ।

 

ट्रेक्टरको ठक्करबाट घाइते बालकलाई तत्काल उपचारका लागि चन्द्रपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकका परिवारले उनको शव फिर्ता ल्याई घटनास्थलमा राखेर प्रदर्शन गरेर सडक अबरुद्ध गरेका छन् ।