निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १ भित्रका १५ वटा सडककोे स्तरोन्नती तथा पि.सि.सि ढलान सम्पन्न भएको छ।
आर्थिक बर्ष २०७९÷८० भित्र वडाका बिभिन्न टोलमा आवतजावतगर्न प्रयोग हुने सो बाटोमा ६ ईन्च मोटाई सहितको सडक ढलान निर्माणकार्य सम्पन्न भई स्तरोन्नति भएपछि टोलका स्थानियबासी खुसी भएका छन् ।
टोलका स्थानियलाई आबत जाबतकालागी सहज बनाउने उदेश्यले बाटो निमार्ण गरीएको बर्दिवास नगरपालिका वडानम्बर १ का अध्यक्ष भोला खड्काले जानकारी दिए । विकासको आधारभूत पूर्वाधार नै सडक भएकाले सडक स्तरीय भएसँगै त्यस टोलका नागरिकले सहज र सुरक्षित यात्रा गर्नुको साथै सुख्खा मौषममा धुलाम्य र बर्षामा हिलाम्य हुने समस्याबाट राहत मिलेको उनी बताउछन ।
सडक उपभोक्ता समितीको मतहतमा सम्पन्न बाटोको स्तरोन्नति योजनाको सम्झौता अनुसार निर्माण कार्य सम्पन्न भएको सडक, उपभोक्ता समितिहरुले जनाएका छन ।नगरपालिकाको बजेट र जन श्रमदानको रकम थप गरी बाटो र नाला ढलान गरीएको बर्दिवास नगरपालिका योजना शाखाले जनाएको छ ।
सडकको बिवरण हेर्न पि.डि एफ मा क्लिक गर्नुहोस