बसको ठक्करबाट डियुटीमा खटेका ट्राफिक प्रहरी जवान यादवको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
बारा
बसको ठक्करबाट डियुटीमा खटेका ट्राफिक प्रहरी जवानको मृत्यु भएको छ । बाराको अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको बसको ठक्करबाट मृत्यु भएको हो ।
उनि पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुर निवासी रहेको प्रहरीले जनाएको छ ।

जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा राति ११ बजे काठमाडौंबाट काँकरभिट्टाको लागी हिंडेको बागमती प्रदेश ०१–०० ख ६१२३ नम्बरको बसको ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि बस रोक्न खोज्दा ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो ।

बसलाई नियन्त्रणमा लिएको छ भने मृतक यादवको शव वीरगन्जको नारायणी बयोध्या मेडिसिटी अस्पतालमा राखिएको छ ।