नवनिर्वाचित कार्यसमितीलाई रोटरी क्लबले गर्याे सम्मान

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
रोटरी क्लब अफ बर्दिवासले नवनिर्वाचित होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतम तथा ब्याडमिन्टन संघ मधेश प्रदेशका नवनिर्वाचित उपाध्यक्ष चन्द्रबहादुर खड्का(बिनोद) होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशका कार्यसमितीका पदाधिकारी तथा सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै सम्मान गरेको छ।

बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रको अध्यक्षता रोटरी क्लब अफ बर्दिवासका अध्यक्ष कृष्ण प्रसाद गौतमले गरेका थिए ।

सामाजिक क्षेत्रमा सक्रिय रूपमा लागिपरेको संस्था रोटरी क्लबले बर्दिवासमा स्थापना कालदेखी शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, वातावरण पर्यावरण लगायतको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउदै आएको छ ।