प्रमुख क्षेत्रीले भने पर्यटन बिकासकालागी ठुलो बजेट आवश्यक भएकाले संघ,प्रदेशको अनुदानले नपुगे नगरको बजेट खर्चेर योजना सम्मपन्न गर्छाै

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले नगरपालिकाले पर्यटन प्रबद्धनलाई बिकासको आधार मानेर रामजानकी पार्क, मानब निर्मित ताल र बर्दिवास ब्यपारीक भबन जस्ता योजनालाई अघि सार्दै डिपि आर तयार गरेको जनाएका छन ।
महोत्तरीको बर्दिवासमा शुक्रवार होटल तथा पर्यटन ब्यवायी संघ महोत्तरी तथा उद्योग बाणिज्य संघ बर्दिवासले संयुक्त रुपमा आयोजना गरेको नवनिर्वाचित होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेश तथा ब्याडमिन्टन संघ मधेश प्रदेशका नवनिर्वाचित कार्यसमितीका पदाधिकारी र सदस्यलाई बधाई तथा शुभकामना दिने क्रममा उनले सो कुरा बताएका हुन ।

उनले पर्यटनको बिकासकोलागी नगरपालिका कहिलेपनि पछी नहटने भन्दै होटल तथा पर्यटन ब्यवसायी महासंघको कार्यालय निमार्णकालागी जग्गा उपलब्द गराउने प्रस्ताबलाई नगरसभामा लगिने जिकिर गरे ।
प्रमुख क्षेत्रीले हिजो ५ बर्षमा हुन नसकेको बिकास आफु निर्वाचित भएको दुई बर्ष भित्र भएको बताउदै शिक्षा, स्वास्थ्य भौतिक पुर्वाधार लगायतका कामहरुको मुल्याङ्गकन नागरीकले गरेको जनाए । प्रमुख क्षेत्रीले पर्यटन बिकासकालागी ठुलो बजेट आवश्यक भएकाले संघ, प्रदेश को अनुदान बजेटले नपुगेको खन्डमा नगरको बजेट समेत खर्चेर योजना सम्मपन्न गरीने उनको भनाई रहको छ ।

कार्यक्रमा नवनिर्वाचित होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतम तथा ब्याडमिन्टन संघ मधेश प्रदेशका नवनिर्वाचित उपाध्यक्ष चन्द्रबहादुर खड्का होटल तथा पर्यटन ब्यवसायी महासंघ मधेश प्रदेशका कार्यसमितीका पदाधिकारी तथा सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै सम्मान गरीएको संस्थाका सचिब परमेश्वर महतोले जानकारी दिए ।