रामराजा प्रतिष्ठानको अध्यक्षमा डा. पशुपति चौधरी

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
सप्तरीको रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान पव्रतिष्ठान पुर्वाधार तयारी विकास समितिको रिक्त अध्यक्ष पदमा प्राध्यापक डाक्टर पशुपति चौधरीलाई सरकारले नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सप्तरी निवासी डा. चौधरीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यस्तै प्रतिष्ठानको पुर्वाधार तयारी विकास समितिको सदस्य पदमा सिरहा निवासी बिरेन्द्रप्रसाद यादबलाई नियुक्त गर्ने मन्त्री परिषद्ले निर्णय गरेको छ ।