आज्ञा खबर
बारा
बारा प्रहरीले बिहीबार करीब १० किलो अवैध लागूऔषध गाँजो बरामद गरेको छ ।
प्रहरी चौकी अमृतगञ्ज खजानीबाट गस्तीमा खटिएको प्रहरीले सिम्रौनगढ नगरपालिका–२ महुवाहीबाट सो गाँजा बरामद गरेको हो ।
प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ साइकलमा लैजाँदै गरेको गाँजाको बोरा छोडी मानिस फरार भएपश्चात् बोरा तलासी गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले फरार व्यक्तिको खोजी गर्नुका साथै गाँजा सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।