आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानी घर भई हाल बर्दिवास नगरपालिका १ निवासी कानुन ब्यवसायी तथा अधिबक्ता बिष्णु बहादुर कार्कीको एउटा यौन करतुत यतिबेला सामाजिक सञ्जालमा छताछुल्ल भएको छ ।
बर्दिवासको सिन्धुली बस टिकट काउन्टर छेउमै कापडा पसल सन्चालन समेत गरेका ब्यवसायी तथा अधिबक्ता कार्की उद्योग बाणिज्य संघ बर्दिवासका सल्लाहकार समेत हुँन ।
कार्कीले जनकपुरधाम उपमहानगरपालिका ८ घर भएकी एक बिवाहित महिलालाई उनको श्रीमानसंग सम्बन्ध बिछेदको मुद्दा जिल्ला अदालत धनुषामा ििमलाई दिन्छु भन्दै यौन प्रस्ताव राखेपछि सो काण्ड छताछुल्ल भएको हो । कार्कीले महिलासँग गरेको कुराकानी तथा बिष्णु कार्कीको नग्न तस्बिर पत्रकार ललन मंडललाई स्क्रिन सट गरेर समाचार लेखिदिन अनुरोध गर्दै पठाएको उनले बताए । कार्कीले बारम्बार यौन प्रस्ताव राख्दै फेसबुकको म्यासिन्जरमा म्यासेज गर्ने गरेका थिए ।
त्यसको केहि समय पछी घर परीवारले थाहापाउने डरले कार्कीले म्यासेज डिलिट गर्न थालेपछि ती महिलालेले स्क्रिन सट राखेकी थिइन् । पत्रकार मण्डल संग घटनाको बिस्तृत बिवरण खोलेकी ति महिलाको कारीब दुई बर्ष अघि धनुषाको जनकनन्दनी गाँउपालिका (खजुरी) घर भएका नितेश कार्कीसंग बिवाह भएको थियो।
बिवाह भएको दुई महिनापछी दुई दम्पती बिचको सम्बन्धमा चिसोपना आउन थालेपछी २ हजार ७९ साल असोज २६ गते श्रीमानको घरबाट निकालिएकी बताउने महिलामाथि अधिबक्ता कार्कीको गिद्धे नजर कसरी पर्याे
सुन्नुहोस पिडित महिलासंग सहकर्मी ललन मण्डलले गरेको कुराकानी
WhatsApp Audio 2024-04-03 at 11.42.13 AM
यसैगरी यो समाचारलाई सन्तुलित बनाउन र अधिबक्ता बिष्णु कार्कीको भनाईहरु समेत समेटन पत्रकार ललन मण्डलले पटक,पटक कार्कीसंग सम्पर्क गर्न खोज्दा समेत उनी सम्पर्कमा आएनन ।