म– मेयर खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले सबै बर्ग र समुदायसंग हातेमालो गरेर उनिहरुको आवश्यकता अनुसारको काम गरीरहेको बताएका छन ।


महोत्तरीको बर्दिवासमा सबैकालागी हामी संस्थाको बार्षिक उत्सवमा मंगलवार आयोजित खुल्ला बत्तिृmत्वकला प्रतियोगितालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुँन ।

उनले अहिले नगरपालिकाले बिकस र पुर्वाधारको कामलाई मुख्य प्राथमिकतामा राखेको भन्दै नगरपालिकाले आफ्नै ठेक्कामा २ वटा पुल निर्माण गर्न लागेको जनाए । क्षेत्रीले आफु निर्वाचित भएको दुई बर्ष भित्र १५ किलोमिटर सडक कालो पत्रे भईसकेको भन्दै यो काम नेपालकै पहिलो स्थानिय तहले गरेको जनाए ।

बर्दिवास नगरपालिका भित्र रहेको १५ शैयाको अस्पाललाई स्तरोनतीगरी सुबिधा सम्मपन्न बनाईएको उल्लेख समेत गरे । प्रमुख क्षेत्रीले नगरको बजेटको ठुलो रकम अहिले शिक्षामा खर्च भईरहेको हुनाले चाँडै त्यसले परीणाम ल्याउने जिकिर गरे ।

म– मेयर विषयको खुल्ला वक्तृत्वकला प्रतियोगितामा बर्दिवास, गौशला र औरही नगरपालिकाका भित्रका २२ जना सहभागी रहेका थिए ।
संस्थाका अध्यक्ष रबी निरौलाको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा बर्दिवास नगरपालिका ३ की ईशिका ढुङ्गेल,अनिश भण्डारी र आशा कुमारी साह बिजेता भएका थिए । बिजेता तिनैजनालाई संस्थाका अध्यक्ष रबी निरौलाले जनही ६ हजार ६ सय ५० रुपैया नगद प्रदान गरेको संस्थाका सदस्य रोमन निरौलाले जानकारी दिए ।