६७ औँ राष्ट्रिय सहकारी दिवस बर्दिवासमा मनाईयो

[sharethis-inline-buttons]

निकेह खनाल
बर्दिवास
सहकारीमा सुशासन प्रविधि र एकीकरण भन्ने मुल नारा सहित ६७ औँ राष्ट्रिय सहकारी दिवस महोत्तरीको बर्दिवासमा मंगलबार बिहान प्रभातफेरी निकाल्दै मनाईएको छ ।
बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीको अगुवाईमा निकालिएको प्रभात फेरीले नगरको मुख्य बजार क्षेत्रको परीक्रमा गरेको बर्दिवास नगरपालिका सहकारी शाखाकी प्रमुख प्रेमा कुमारी कार्कीले जानकारी दिईन ।
२०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक बर्ष यो दिवस मनाउने गरीन्छ।


बर्दिवासमा अहिले १ सय ७ वटा सहकारी संस्थामा हजारौको संख्यामा शेयर सदस्य रहेको सहकारी क्षेत्रले उल्लेखनिय रुपमा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको छ ।

तर सहकारी अभियानको बर्दिवासमा संख्यात्मक विकास भए पनि यस्को गुणस्तर बढ्न सकेको छैन । धेरै संस्थाको कारोबार जोखिमपूर्ण देखिएको छ। सरकारले प्राथमिकता दिएको कृषिजन्य उत्पादन, प्रशोधन, बजारीकरणका साथै अन्य सेवा क्षेत्रमा सहकारीले अपेक्षा गरे अनुसारको योगदान दिन सकेका छैनन्।