आज्ञा खबर
सर्लाही
सर्लाहीबाट २७ लाख ७५ हजार रुपैयाँसहित दुईजना हुण्डी कारोबारगर्ने पक्राउ परेका छन्।
स्रोत नखुलेको नगद २७ लाख ७५ हजार ९ सय ७० रुपैयाँसहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका छन ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका ९ मलंगवा–३ का २४ वर्षीय कमर राजा हुसेन र मलंगवा–९ का आरिफ अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सविनकुमार कार्कीले जानकारी दिए।
उनीहरुलाई अवैध हुण्डी कारोबारमा संलग्न भएको सूचनाको आधारमा पक्राउ गरीएको पक्राउ परेकामाथी थप आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया सुरु भएको प्रहरी निरीक्षक कार्कीले जनाए ।