सहकारीका सदस्यहरुलाई जागृत गराउन सरकार लाग्नुपर्ने संसद घिमिरेको भनाई

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास

सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ का संघिय संसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्याम कुमार घिमिरेले सहकारीका सदस्यहरुलाई जागृत गराउन सरकार लाग्नुपर्ने बताएका छन । शनिवार महोत्तरीको बर्दिवासमा आयोजित समाज बचत तथा ऋण सहकारी संस्थाको २१ औ बार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन । उनले नागरिकले सहकारी मार्फत बचत गरेको रकम खरीद गरेको शेयर र संस्थाको मालिकपनी बचत, शेयरकर्ता स्यंम भएकोले सरकारले नियम्मन गर्ने निकाय नबनाई शेयरधनीलाई संस्था जिम्मा लगाएकाले आज सहकारीमा समस्या देखापरेको जनाए ।

संसद घिमिरेले अहिले नियामक निकाय सहितको सहकारी ऐन संसदमा बिचाराधिन रहेकाले चाँडै सहकारी भित्रको समस्या समाधान भएरजाने बिश्वास ब्यक्त गरे । शेयर सदस्यले बचत गरेको रकम लिएर भाग्ने फट्याई गर्ने सहकारीका सञ्चालक नयाँ ऐन आउनासाथ खोरमा जाकिने हुनाले सहकारी भित्रको बिकृतीको समेत यथा शिघ्र अन्त्य हुने नेता घिमिरेले उल्ल्ेख गरे ।

 

समाज बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष गिता अधिकारीको अध्यक्षतामा आयोजित साधारणसभामा
संस्थाको कोषाध्यक्ष गिता भण्डारीले आ .व. २०७९⁄८० को वार्षिक प्रतिवेदन पेश गरीन । संस्थाको गत आर्थिक वर्षमा शेयर पूँजी १ करोड ६९ लाख ७९ हजार ८ सय निक्षेप संकलन १७ करोड ११ लाख ४८ हजार ८ सय १२ विभिन्न शीर्षकमा जगेडा कोष १ करोड २० लाख ३९ हजार २ सय ७८ ऋण लगानी २२ करोड ७६ लाख ५३ हजार ८ सय २८ रहेको छ ।

त्यसैगरी संस्थाले आ .व. २०७९⁄८० मा ८ लाख ९२ हजार ३ सय २१ रुपैया नाफा गरेको
संस्थाका ब्यबस्थापक सरोज सिंह ठकुरीले जानकारी दिए । समाज बचत तथा ऋण सहकारी संस्थाले हाल एटिएम कार्ड, क्यु आर कोर्ड,मोबाईल बैकिङ्ग रेमिटान्स लागायत बिभिन किसिमको सेवाहरु सेयर सदस्यलाई दिदै आएको संस्थाले आसल ऋणी, बचतकर्ता, जेष्ठ शेयर सदस्य लगायतलाई साधारणसभामा
सम्मान गरेको छ ।