आज्ञा खबर
बर्दिवास
बर्दिबास नगर खेलकुद बिकास समितीले आज स्थानीय खेलाडीहरुलाई खेलकुद सामग्री वितरण तथा सम्मान गरेको छ।
समितिले एक कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि महिला क्रिकेट खेलाडीहरुलाई क्रिकेट खेलको चाहिने आवश्यक सामग्री हेलमेट, ब्याट, बल, प्याड लगायतका सामग्री वितरण गरेका हुन् ।
यसैगरी कार्यक्रममा क्रिकेट प्रशिक्षक शोभा आलेले प्रतिकूल अवस्थामा पनि बर्दिबासमा महिला क्रिकेट खेलाडीको सङ्ख्या बढेको उल्लेख गरिन्। नगरपालिकाको साथ सहयोग प्राप्त भइरहे बर्दिबासमा क्रिकेटको राम्रो सम्भावना रहेको आलेको प्रतिकृया छ ।

उक्त कार्यक्रममा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका पदक बिजेता खेलाडीहरुलाई सम्मान गरिएको थियो । यस प्रतियोगितामा वर्दिवास नगरपालिकाले लगातार दुई वर्ष देखि जिल्लमा सबैभन्दा स्वर्ण पदक हासिल गरी प्रथम स्थान हासिल गरिरहेको छ। भर्खरै सम्पन्न जिल्लास्तरीय यो प्रतियोगिताका २१ विधामा नगरका २९ खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान लिएर नगरको शान बढाएका छन् । कार्यक्रममा उत्कृष्ट खेलाडीलाई खादा र अबिर लगाइ सम्मान गरिएको छ ।

त्यसैगरी औपचारिक रुपमा बर्दिबास नगर फुटबल टिमको आज पहिलो खेल उदयपुरको कटारीमा हुने हुँदा फुटवल टिमलाई बिदाइ तथा शुभकामना बर्दिबास नगरपालिकाका प्रबक्ता तथा वडा नं १४ का वडा अध्यक्ष बिजय कुमार महतोले दिएका थिए ।

बर्दिवास नगर खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र शिवभक्तिको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा स्थानीय खेलाडीहरुको क्षमता अभिवृद्धि तथा प्रोत्साहनको लागि नगरपालिकाले हरेक किसिमको सहयोग गर्ने प्रतिबद्धता नगर प्रवक्ता विजयकुमार महताेले गरेका थिए ।
समितिका अध्यक्ष दिपेन्द्रकुमार शिवभक्तिले आउने जेठभरिमा क्रिकेटका लागि उत्कृष्ट कोर्ट निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे।



