बर्दिवासका दुई सहकारी संस्था बिच एकिकरण

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवासमा रहेको दुई सहकारी संस्था एकिकरण भएको छ ।
बर्दिवास बचत तथा ऋण सहकारी संस्था र जनजागृती बचत तथा ऋण सहकारी संस्था बिच शनिवार एकीकरणभई बिशेष साधारण सभा सम्पन्न भएको हो ।
बर्दिवास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शंकर कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित सभाको प्रमुख अतिथी बर्दिवास नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर १४ का अध्यक्षय बिजय कुमार महतो रहेका थिए ।

 

साधारण सभामा सहभागी अधिकांश बक्ताहरुले राष्ट्रको गरिवी निवारणमा सहकारी संस्थाले गरेको योगदान,
राष्ट्रको सुगमदेखी दुर्गमसम्म सहकारीले खेलेको भुमिकाको बिषयमा चर्चा गरेका थिए ।

सभामा संस्थाको कोषाध्यक्ष संतोष कुमार श्रेष्ठले आ .व. २०७९⁄८० को वार्षिक प्रतिवेदन पेश गरे । संस्थाको गत आर्थिक वर्षमा शेयर पूँजी २ करोड ३६ लाख निक्षेप संकलन १४ करोड २० लाख विभिन्न शीर्षकमा जगेडा कोष १ करोड ४१ लाख ऋण लगानी १६ करोड ३९ लाख रहेको संस्थाका ब्यबस्थापक रमेश सिंह ठकुरीले जानकारी दिए । बर्दिवास बचत तथा ऋण सहकारी संस्थाले हाल एटिएम कार्ड, क्यु आर कोर्ड,मोबाईल बैकिङ्ग रेमिटान्स लागायत बिभिन किसिमको सेवाहरु सेयर सदस्यलाई दिदै आएको बताईएको छ ।