सामाजिक अभियानका साझेदार कर्मचारीपनी हुँन प्रमुख क्षेत्री

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले कर्मचारी भनेका निर्वाचित जनप्रतिनिधिको योजना लागु गर्ने सहकर्मी भएकाले उनिहरुपनी सामाजिक अभियानका साझेदार भएको बताएका छन ।
महोत्तरीको बर्दिवासमा शुक्रवार आयोजित बर्दिवास नगरपालिका तथा कर्मचारी मिलन केन्द्र बर्दिवासले संयुक्त रुपमा आयोजना गरेको नवआगन्तुक कर्मचारीलाई स्वागत गर्ने क्रममा उनले सो कुरा बताएका हुन ।

उनले नगर तथा राष्ट्र निर्माणमा राष्ट्र सेबक कर्मचारीको भुमिकाको जती प्रसंसा गरेपनी समुन्द्रमा सानो ढुङ्गा हानेको जस्तो हुने धारणा राखे ।
प्रमुख क्षेत्रीले नगर बिकासकोलागी आफु निर्वाचित भएको दुई बर्षे कार्यकालमा सदैब कर्मचारीको अतुलनिय सहयोग रहेकोले ऐन कानुन र नियम अनुसारको कामकाज गर्न राष्ट्र सेवक कर्मचारी सधै प्रतिबद्ध रहनुपर्ने कुरामा जोड दिए ।

यसैगरी कर्मचारी मिलन केन्द्र बर्दिवासले नवआगन्तुक २ जना कार्यालय प्रमुखलाई स्वागत गरेको छ ।
केन्द्रले नगरपालिका भित्र सरुवा भएर आएका नवआगन्तुक ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक रेबतिरमण पोखरेल तथा मलपोत कार्यालय बर्दिवासका प्रमुख दिपेन्द्र कुमार झा लाई स्वागत गरेको हो ।

कार्यालय प्रमुख दुबै जनालाई नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्री र मिलन केन्द्र बर्दिवासका अध्यक्ष सर्मिला तामाङ्गले अबिर,खादा लगाएर स्वागत गरेका थिए ।