नगरपालिकाको खर्चबाट बिदेश भ्रमण गरेको पुष्टि गर्न बस्नेतलाई चुनैती

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरीे

बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले भ्रामक समाचार सम्प्रेषण गरेप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । गत मंगलबार न्युजप्रवाह डटकम अनलाइनमा प्रकाशित ‘मधेसमा माओवादीको ओरालो यात्रामा भरत साहको भूमिका’ नामक समाचारमा आफ्नो नाम समेत जोडेर भ्रामक समाचार उल्लेख गरिए प्रती खेद प्रकट गर्दै उल्लेखित समाचारमा छापिएका सामाग्री तथ्य बिपरीत, कपोकल्पीत र भ्रमपुर्ण, गलत रहेको भन्दै सामाजिक संजालमार्फत आपत्ति जनाएका हुँन् ।

उनले सामाजिक संजालमा लेखेका छन् , “ मिति २०८० चैत्र १३ गते मंगलबारको दिन न्युजप्रवाह अनलाईन खबरका पत्रकार विशाल वस्नेतले पत्रकारको धर्म र कर्म बिपरीत नितान्त पूर्वाग्राही र अरूको प्रभावमा परी कपोकल्पित , मनगढंन्ते कहानी बनाई ब्यक्तिगत मानमर्दन हुने किसिमको समाचार लेखेको कारण गम्भिर ध्यानाकर्षण भएको छ। छापिएका समाचारको भर्त्सना गर्दै उनले पत्रकारीताको मर्म र धर्म अनुरूप पत्रकारीता गर्न हुँन यसै पत्रबाट अनुरोध पनि गर्दछु भनेका छन ।
उनले माओवादीको सैद्धान्तिक नेता बताउने अनिल बस्नेत र माओबादी केन्द्र मधेश प्रदेश संसद भरत शाह युरोप भ्रमण गएको बिषयलाई लिएर पोष्ट गरीएको समाचारमा ध्यानाकर्षण भएको भन्दै उनिहरुको भ्रमणको सम्पुर्ण खर्च बर्दिवास नगरपालिकाले ब्यहोरेको भनाई प्रती टिप्पणी गर्दै नगरपालिकाले सम्पुर्ण खर्च ब्यहोरेको भए नगरपालिकाको कुन सिर्शकबाट कती रुपैया बस्नेत र साहको बैक खातामा पठाईएको हो पुष्टि गर्न समेत पत्रकार बस्नेतलाई चुनौती दिएका छन । क्षेत्रीले समाजलाई गलत भ्रमित सुचना प्रबाह गरेर समाचार सन्तुलनको बिश्वब्यापी मुल्य र मान्यता समेत बिर्सिदै एकतर्फि र ब्यक्तिगत रिसिबी साधेर पत्रकारीता नगर्न समेत सञ्चार माध्यम बाट पत्रकार बस्नेतलाई सुझाएका छन।

यसैगरी समाचारलाई सन्तुलित बनाउन माओवादीका सैद्धान्तिक नेता बताउने अनिल बस्नेत र माओबादी केन्द्र मधेश प्रदेश संसद भरत शाह संग आज्ञा खबर डटकमका पत्रकार निकिता खनालले सम्पर्क गर्न खोज्दा उनिहरु सम्पर्कमा आएनन ।

 

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...