निकिता खनाल
बर्दिवास
बिहीबारदेखि देशैभर सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को महोत्तरीमा सम्पुर्ण तयारी पूरा भएको छ ।
परीक्षा केन्द्र निर्धारण तथा कर्मचारीको खटनपटनसहित सबै तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीले जनाएको छ ।
यो वर्ष महोत्तरीमा ९ हजार ४ सय ३१ विद्यार्थी एसईईमा सहभागी भइरहेका शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका श्रोत ब्यक्ति पंकज झाले जानकारी दिए ।
उनका अनुसार सामुदायिक बिद्यालयका साधारण तर्फका नियमिततर्फ ३ हजार ९८ छात्र र ४हजार १ सय ४९,छात्रा रहेका छन । त्यसैगरी संस्थागत बिद्यालयका ४ सय ७७ छात्र तथा २ सय ९६ छात्रा यो बर्ष महोत्तरीमा एसईईमा सहभागी भइरहेका छन ।
तेस्तै प्राविधिक धारतर्फ ३ सय २६ जना छात्र १ सय ५८ छात्राले परीक्षा दिदै छन ।
जिल्लामा ग्रेडवृद्धितर्फ सामुदायिक बिद्यालयका ५३ जनाछात्र तथा ५६ जना छात्रा परीक्षामा सहभागी हुने बताईएको छ । संस्थागत तर्फका भने ६ जना छात्र तथा १ जना छात्राले भाग लिइरहेका छन् । एसईई परीक्षाका लागि महोत्तरीमा ३२ वटा परीक्षा केन्द्र तोकिएकोे छ।
राष्ट्रिय परीक्षा बोर्डबाट आएको प्रश्नपत्रहरु जिल्ला प्रहरी कार्यालय मार्फत सम्बन्धित परीक्षा केन्द्रमा वितरण गरिएको हो।
जिल्ला अन्र्तगतका ३२ केन्द्रहरुका लागि प्रत्यक परीक्षा केन्द्रमा १५ वटा सुरक्षाकर्मी खटाईएको छ ।
एसईई परीक्षाका लागि जिल्लाका केन्द्रहरूमा ३२ जना केन्द्राध्यक्ष , ६२ जना सहायक केन्द्राध्यक्ष, ४ सय ४७ जना निरीक्षक, ८९ परीक्षा सहायक, १ सय ७८ जना बिद्यालय सहयोगी तोकिएका छन्। एसईई परीक्षा चैत्र २७ गते मंगलबारसम्म सञ्चालन रहने कार्यतालिका छ ।