नगरपालिकाको पछाडी देखी ब्याट्री कारखाना सम्मको सडक ढलान भएपछी गाल्टारटोल आबत जाबतमा सहजता

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका १ स्थित पुर्ब –पश्चिम राजमार्ग देखी उत्तरतर्फ बर्दिवास नगरपालिकाको पछाडी देखी ब्याट्री कारखाना सम्मको १ सय २७ मिटर लामो १२ फिट फराकिलो बाटो स्तरोन्नति गरिएपछी गाल्टारटोलका स्थानियलाई नगरपालिका आबत जाबत गर्न सहज भएको छ ।
पुर्ब पश्चिम महेन्द्र राजमार्ग देखी दक्षिण तथा उत्तरतर्फ गाल्टार टोल आवतजावत गर्न प्रयोग हुने सो बाटोमा ६ ईन्च मोटाई सहितको सडक ढलान निर्माण भई स्तरोन्नति भएपछि टोलका स्थानियबासी खुसी भएका छन् ।

गाल्टार टोलका स्थानियलाई नगरपालिका तथा राजमार्गसम्म आबत जाबतकालागी सहज बनाउने उदेश्यले बाटो निमार्ण गरीएको बाटो उपभोक्ता समितीका अध्यक्ष रामबहादुर रानाले जानकारी दिए ।

सडक स्तरोन्नति योजनाको सम्झौता २ हजार ८० साल बैशाख १ गते भएर २ हजार ८० जेष्ठ ३० गते निर्माण कार्य सम्पन्न भएको हो ।
नगरपालिकाको रु ४ लाख ४८ हजार र बाटो उपभोक्ताको ९३ हजार १ सय ८३ रुपैयाँ ५ पैसा रकमबाट सडक ढलान सहितको स्तरोन्नति भएपछि सडकको २ हजार ८० असार २४ गते बर्दिवास नगरपालिकाले सम्पुर्ण रकम फर्छयौट गरेको थियो ।

विकासको आधारभूत पूर्वाधार स्तरीय बाटो समेत सडक भएकाले सडकमा ढलानपछी स्थानियले राहत पाएको अध्यक्षय रानाको भनाई छ ।