निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका १ स्थित घुरन महतोकोे घरदेखी पुर्व जाने १ सय ३२ मिटर लामो १२ फिटे फराकिलो बाटो स्तरोन्नति गरिएको छ ।
बर्दिवासको मालपोत कार्यालय आवतजावत गर्न प्रयोग हुने सो बाटोमा ६ ईन्च मोटाई सहितको सडक ढलान निर्माण भई स्तरोन्नति भएपछि टोलका स्थानियबासी खुसी भएका छन् ।
महतोको घरदेखी पुर्व र उत्तर तर्फ रहेको मालपोत कार्यालय हुँदै राजमार्ग जोड्ने उदेश्यले बाटो निमार्ण गरीएको बाटो उपभोक्ता समितीका अध्यक्ष अनिल कोईरालाले जानकारी दिए ।
सडक स्तरोन्नति योजनाको सम्झौता २ हजार ७९ मंसिर १९ गते भएर २ हजार ७९ पुस २० गते निर्माण कार्य सम्पन्न भएको हो ।
नगरपालिकाको रु ५ लाख र बाटो उपभोक्ताको ९५ हजार २ सय ५० रुपैयाँ ५० पैसा रकमबाट सडक ढलान सहितको स्तरोन्नति भएपछि सडकको २ हजार ७९ माघ १३ गते बर्दिवास नगरपालिकाले सम्पुर्ण रकम फर्छयौट गरेको थियो ।
विकासको आधारभूत पूर्वाधार नै सडक भएकाले सडक स्तरीय भएसँगै त्यस टोलका नागरिकले सहज र सुरक्षित यात्रा गर्नुको साथै सुख्खा मौषममा धुलाम्य र बर्षामा हिलाम्य हुने समस्याबाट राहत मिलेको अध्यक्षय कोईरालाको भनाई छ ।