धनुषामा मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीको एकजना युवा नेताको ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीको एकजना युवा नेताकोको ज्यान गएको छ ।
ज्यानजानेमा महोत्तरीको भंगहा नगरपालिका ५ का ३५ वर्षीय युवा नेता कैलास साहको मृत्यु भएको छ । कैलास लोसपाका भंगहा वडा नं. ५ का अध्यक्ष तथा निर्माण व्यवसायी थिए ।

उनी चढेर जनकपुर तर्फ गईरहेको मधेश प्रदेश ०२–००७ प ४२६४ नम्बरको मोटरसाइकल गए राति जनकपुर–ढल्केवर सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका ६ स्थित बसही खोलाको पुलमा दुर्घटना भएको थियो । दुर्घटना पछी गम्भीर घाइते उनलाई उपचारको लागि ढल्केवर स्वास्थ्यचौकी पश्चात प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो । उपचारको क्रममा राति करिब ३ बजे उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

अवाले दिएको जानकारी अनुसार मोटरसाइकमै सवार अन्य एक व्यक्ति मोटरसाईकलसहित फरार भएका छन् । उनको खोजी र घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।