निकिता खनाल
बर्दिवास
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को केन्द्रीय समितिको बैठक महोत्तरीको बर्दिवासमा मंगलवारदेखी शुरु भएको छ चैत ७ गते सम्म बस्ने बैठकमा संगठन सुदृढीकरण, हालको राजनितिक अबधारणा ,पार्टीको बिधान पुनरावलोकन,अध्यन तथा आवश्यक संशोधन,भात्रृ संगठन तथा बिभागहरुको संख्या निर्धारण,पार्टीको लेभि लगायतका विषयमा छलफल गरिने बताइएको छ ।
वर्तमान सरकार तथा सत्ता गठबन्धनमा लोसपा सहभागी नभएपनी मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा अझै सहभागी रहेको छ ।
दुईदिन सम्म बस्ने बैठकमा प्रदेश सरकारमा सहभागिताका विषयमा समेत लोसपाले ठोस निर्णय गर्ने सचिव मनिष मिश्रले बताए ।