न्यायिक समिती प्रभाबकारी बन्दै गएपछी अदालत जाने प्रवृत्तिमा कमी

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास

बर्दिवास नगरपालिकाकी उपप्रमुख तारादेबीे महतोको संयोजकत्वमा गठित न्यायिक समितिले नगरपालिका भित्रका सानातिना विवाद मेलमिलापबाटै समाधान गर्न थालेपछि स–साना मुद्दामा अदालत नै धाउनुपर्ने बाध्यतामा न्युनिकरण भएको छ ।

बर्दिवास नगरपालिकाको न्यायिक समितिमा धेरैजसो उजुरी जग्गा विवाद, श्रीमान श्रीमती बिचको बिवाद ,लेनदेन, गाली बेईजती तथा कुटपिट,बाली नोक्सानी,बाटो सम्बन्धि बिवाद ,अरुको जग्गामा रुख बिरुवा लगाएको ,घर जग्गा खालि गराउने ,घर जग्गा बिगो सम्बन्धि, घर निर्माण रोक्का,जेष्ठ नागरीकको हेरचाह नगरेको लगायतका बिवाद आउने गरेको न्यायिक समितिले जनाएको छ ।
नगरको न्यायिक समितिमा आउने उजुरीलाई स्थानीय जनप्रतिनिधि र वडास्तरीय मेलमिलापकै सक्रियतामा सम्बन्धित पक्षबिच मेलमिलाप गराउने काम भइरहेको बताईएको छ ।

गत आव २०७९÷८० तथा चालू आव २०८०÷८१ को फागुण महिना सम्ममा नयाँ र पुरानो गरी २५ वटा बिवाद मिलापत्र गरिएकोमा २ वटा बिवाद समाधान भएर निर्णय भएको न्यायिक समितीका संयोजक तथा बर्दिवास नगरपालिकाकी उप प्रमुख तारादेबी महतोले जानकारी दिईन । समितिमा आव २०७९÷८० देखि हालसम्म १ सय २१ उजुरी दर्ता भएकोमा ९ वटा उजुरी ढिसमिस भएका छन ।
त्यसैगरी स्थानिय स्तरमा बिवाद मिल्न नसकि अदालत पठाईएको बिवादको संख्या १६ रहेको छ भने निबेदन दाबी फिर्ता लिनेको संख्या ३ रहेको समितीले जनाएको छ । तेस्तै १४ वटा उजुरी छलफलकालागी सम्बन्धित वडाका वडास्तरीय मेलमिलाप केन्द्रमा पठाई ५२ वटा बिवादलाई तामेलिमा राखिएको छ ।

‘अहिले बर्दिवास नगरपालिकाको न्यायिक समितिमा धेरै प्रकारका उजुरी आउने गरेका छन ।
ती मध्ये कानुनले तोकिदिएको सूचीका आधारमा उजुरी लिने गरेको उप प्रमुखको भनाई रहेको छ ।
नगरपालिकामा गठन भएको न्यायिक समिति प्रभावकारी बन्दै गएकाले उक्त समितिलाई सानातिना विवाद मेलमिलापबाटै समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४६ मा न्यायिक समितिले व्यवस्था गरेको छ ।

नगरमा न्यायिक समितीको प्रभाबकारीता बढदैगएपछी ‘एकै ठाउँमा बस्ने व्यक्ति व्यक्तिबिच विभिन्न कारणले विवाद उत्पन्न ‘हुँदा त्यसलाई मेलमिलापका माध्यमबाट समाधान गरेर समाजमा पुनः एक आपसमा मिलेर बस्ने वातावरण निर्माण भएको हुनाले यसको प्रभावकारिता बढदै गएको हो । जस्को कारणले नगरमा सानो विवादमा पनि अदालत नै जाने प्रवृत्तिमा बिस्तारै कमी आउन थालेको स्थानिय बासीको भनाई रहेको छ ।