आधुनिक बाजाको चलनसंगै ढोलक तथा मादल व्यवसायी निराश

[sharethis-inline-buttons]

विजयकुमार साह
धनुषा
भारतबाट धनुषाको ढल्केबरमा आएर ढोलक तथा मादल बनाएर बेच्न बसेका व्यापारी निराश देखिएका छन्। सोचे जस्तो व्यापार नभएपछि व्यापारी निराश भएका हुन्।

भारतको उत्तर प्रदेशका आस्ताना अली ढल्केबरको पश्चिम चोकमा आएर ढोलक तथा मादल बनाएर बेच्न बसेका हुँन ।
चाडपर्वको समयमा नेपालमा यी बाजाको व्यापार राम्रो हुन्छ भन्ने सुनेर यस ठाउँमा आएको उनको भनाई रहेको छ । “तिहार र होली पर्वमा ढोलक तथा मादल धेरै बिक्छ भनेर व्यापार गर्न आएको हुँ। तर सोचेजस्तो व्यापार भएन। एक दिनमा मुस्किलले दुई÷तीन वटा मात्र बिक्छ। खर्च निकाल्न पनि समस्या छ।”

एउटा ढोलक तथा मादलको सात सयदेखि एक हजार दुई सय रुपियाँसम्ममा बिक्री गर्ने गरेको उनको भनाइ छ। मादल बनाउन चाहिने सबै सामग्री भारतबाटै ल्याएको उनीबताउ छन । नेपालमा चाडपर्वको बेला रमाइलो गर्न ढोलक र मादलको सट्टा अहिले आधुनिक साउण्ड बाजाको प्रयोग बढेकाले यसको बिक्री नभएको उनको बुझाइ छ। आँप, कठहरलगायत विभिन्न प्रजातिका काठबाट बनाइएका एक हजार ढोलक तथा मादल बनाउने सामग्री ल्याएको उनी बताउछन ।

नेपालमा सूचना प्रविधिको विकाससँगै परम्परागत बाजागाजको प्रयोगमा कमी आएको स्थानीय युवा सुजन चौधरीको भनाई रहेको छ ।
उनले ढोलक र मादल मौलिकता र परम्परासँग जोडिएको बाजा भएको भन्दै आधुनिकताले यो व्यवसाय पनि सङ्कटमा पर्न थालेको जानकारी दिए । अहिले चाडवर्प तथा मेला महोत्सवमा मादल बाजा बजाउन छोडेर त्यसको ठाउँमा ठुलाठुला साउण्ड सिस्टमको प्रयोग हुन थालेको चौधरीको भनाइ छ।