बेरोजगारलाई बर्दिवास नगरपालिकाले ल्यायो रोजगारमुलक तालिम

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
बेरोजगार महिला तथा किशोरीलाई रोजगारसंग जोडदै आत्मनिर्भर बनाउने उदेश्यले महोत्तरीको बर्दिवास नगरपालिकाले वडा नम्बर १ मा नि–शुल्क ३ महिने आधारभुत बिउटिसियन तालिम सञ्चालनमा ल्याएको छ । महिलासंग उपप्रमुख सिप बिकास कार्यक्रम अन्तरगत सञ्चालन भएको प्रशिक्षणको बर्दिवास नगरपालिकाकी उपप्रमुख तारादेबी महतोले गत माघ १८ गते बिधिवत रुपमा उद्घान गरेपछी तालिम सञ्चालनमा आएको हो । बर्दिवास नगरपालिका स्थित मुख्य बजारमा रहेको ईशा ब्युटी पार्लर एन्ड ट्रेनिङ्ग सेन्टरको प्रबिधिक सहयोगमा सञ्चालन गरीएको तालिमकालागि बर्दिवास नगरपालिकाले ८ लाख बजेट बिनियोजन गरेको बर्दिवास नगरपालिकाकी उपप्रमुख तारादेबी महतोले जानकारी दिईन ।
उनले नगरमा भएका महिलाहरुलाई दक्ष बनाउँदै आर्यआर्जनमा टेवा पुर्याउन सहयोग होस् भन्ने चाहना रहेकोले सिप सिकेर महिला दिदी बहिनीले त्यसलाई ब्यवहारमा ल्याउनसके नगरको बेरोजगारी समस्यामा न्युनिकरण हुँने बिश्वास ब्यक्त गरीन ।
बर्दिवास नगरपालिका भित्रका २० जना महिला तथा किशोरी सहभागी रहेको तालिममा बिउटिसियन बिमला महर्जन र ईशा साहले प्रशिक्षण दिईरहेका छन । ईशा ब्युटी पार्लर एन्ड ट्रेनिङ्ग सेन्टरकोे तालिम कक्षमा २ चरणमा सन्चालित उक्त नि–शुल्क प्रशिक्षण २ हजार ८१ साल बैशाख १८ गते सम्म सञ्चालन हँुने भएको हो । तालिममा सहभागी प्रशिक्षार्थीलाई नगरपालिकाले नि–शुल्क खाजाको ब्यवस्था गरेको बताईएको छ ।