आगलागी हुँदा रौतहटमा जलेर तीन घर नष्ट

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
रौतहटमा आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएको छ ।
आगलागीबाट ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्लाको राजदेवी नगरपालिका –७ मुडवलवामा आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको हो ।
आगलागीमा परी तीनवटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट स्थानीय कैलास राउत बरई, शत्रुधन साह र हृदय साहको घर जलेर पूर्ण नष्ट भई
घरमा रहेको अन्न, लत्ताकपडा लगायतका लाखौंको सरसमान समेत नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति भएको छैन।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले आगलागीबाट तीनैजनाको घरको सरसामान गरी कुल ७ लाख बराबरको क्षति भएको अनुमान गरिएको बताइन्।

स्थानीय, सशस्त्र प्रहरी मिलेर गौर नगरपालिकाबाट गएको बारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रवक्ता गिरीले जानकारी दिएकी छन्।

यसैबीच नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाका सभापति राजकिशोर यादवसहित पदाधिकारी आगलागी पीडितको घरमा पुगेर विभिन्न सरसामान, भाँडाबर्तन‚ खानेकुरा र त्रिपाल सहयोग गरेका छन्।