जनताको हरेक दुख, सुखमा नेपाली कांग्रेस बर्दिवासको सहयोग र साथ रहनेगरी कांग्रेसको निर्णय

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तरगत महोत्तरीको बर्दिवास वडा नम्बर ४ मा बिहिवार नेपाली कांग्रेसको वडा भेला तथा बिस्तारीत बैठक सम्पन्न भएको छ ।
समुदाय स्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको काम, अवलोकन तथा आम नागरिकका गुनासो , सुझाव र समस्यालाई वडा स्तरबाटै काम गराएर त्यसलाई प्रभाबकारी बनाउन पहलकदमी लिने गरी बैठक बसेको कांग्रेसका बर्दिवास नगरपालिका वडा ४ नम्बर का वडा अध्यक्षय अकलमान तामाङ्कले बताए ।

नेपाली कांग्रेसका महोत्तरी जिल्लाबाट प्रतिनिधित्व गरेका अभियान प्रतिनिधि राजु उप्रेती तथा नेपाली कांग्रेस बर्दिवास नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अकलमान तामाङ्कको अध्यक्षतामा बसेको भेला तथा बैठकले वडास्तरमा रहेका पार्टीका क्रियाशिल सदस्यले कुनै न कुनै श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने, नागरिकका काममा जोडिनुपर्ने, सरकारी कार्यालयहरुमा नागरिकको कामकाजमा हुने गरेको ढिलाई तथा घुसखेरीको अन्त्यकालागी नेपाली काग्रेसबाट तोकिएका कार्यकर्ताले सहयोग गर्ने गरी जनताको हरेक दुख, सुखमा नेपाली कांग्रेस बर्दिवासको सहयोग र साथ रहनु पर्ने
प्रतिबद्धता सहित बर्दिवासको वडा नम्वर ४ तथा सम्पुर्ण नगरका जनतालाई नेपाली कांग्रेस जनताको कामगर्ने पार्टी हो भन्ने प्रत्याभुती दिलाउने गरी काम गर्ने अनुनुभुती नेपाली कांग्रेसले दिनेगरी कामगर्ने बर्दिवास वडा नम्बर ४ को नेपाली कांग्रेस कमिटिले जनाएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...