बर्दिवास नगरपालिकाले उचाल्यो १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि

[sharethis-inline-buttons]

गणेश कुमार सिंह

महोत्तरी

महोत्तरी जिल्लाको जलेश्वर न.पा. ०२ स्थित जलेश्वर रंगशालामा जिल्ला खेलकुद विकास समिती महोत्तरीको आयोजनामा १२औं जिल्ला स्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बर्दिवास नगरपालिका प्रथम दोस्रो गौशाला नगरपालिका र तेस्रो औरही नगरपालिका भएका छन् ।
उक्त खेलकुद प्रतियोगितामा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने र जि.खे.वि.समितिका प्रमुख सुभाष चन्द्र लाल कर्ण अध्यक्षतामा १२ औं जिल्ला स्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कार्यक्रम संचालन भएका थिए ।
उक्त प्रतियोगिता महोत्तरी जिल्ला अन्तरगतका ८ ओटा नगरपालिका १ ओटा गाउँ पालिकाले भगलिएका थिए। लोहरपट्टि नगरपालिका गौशाला नगरपालिका ,भंगहा नगरपालिका ,पिपरा गाउँपालिका,जलेश्वर नगरपालिका ,मटिहानी नगरपालिका ,बर्दिवास नगरपालिका ,मनराशिसवा नगरपालिका र औरही नगरपालिका का तेस्रो नगर स्तरीय प्रतियोगिता भाग लिई प्रथम ,दोस्रो भएका विद्यालयहरुलाई जिल्लाको लागि छनोट गरि पठाई आ-आफ्नो नगरपालिका/गाउँपालिका सहभागी जनाएका छन्।
१२ औं जिल्ला स्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले ६.४५ मिटर सटपुट फ्यालेर उद्घाटन गरेका थिए ।
उक्त खेलमा सहभागी नगरपालिका खेल शिक्षक तथा शिक्षाका शाखा प्रमुख र विद्यार्थी भाइबहिनीहरुको उपस्थितिमा सटपुट,ज्यावलिङ्ग थ्रो,कवडी ,भलिबल ,एथलेटिक्स तफ १०० मिटर दौड ,२०० मिटर दौड,१५०० मिटर दौड , ४×१००रिले दौड,४×४००का रिले दौड र ३०००मिटरको लामो दौडको ,हाईजम्प,लङ्गजम्प,तृपलजम्प,टेकान्डो,कराते आदि जस्ता खेल संचालन भएको थियो । साभार
शिरीष अनलाईन

स्वास्थ्य र अनुशासन रहनको लागि खेलकुद अतिनै आवश्यक भएको र आफ्नो प्रतोभा देखाउन नगर ,जिल्ला,प्रदेश केन्द्र हुदै अन्तर्राष्ट्रिय सम्म आफ्नो नाम चिन्हाउन सफल भैइन्छ भने जि.खे.वि.समितिका प्रमुख सुभाष चन्द्र लाल कर्ण बताए ।