कुख्यात डाका पासवान महोत्तरीबाट पक्राउ, जेल चलान

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
विभिन्न डकैती तथा लुटपाटको घटनामा संलग्न रहेको आरोपमा एक कुख्यात डाँका महोत्तरीबाट पक्राउ परी कारागार चलान भएका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ०२ (डि)– टोल बस्ने कर्मेश्वर पासवानलाई कारागार गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलिले पासवानलाई पक्राउ गरेर डकैती कसुरमा मुद्दा चलाएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए ।
पासवान कातिक २० गते राति महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवाडाको डकैती घटना, असार २९ गते महोत्तरी गाउँपालिका ३ र असार २९ गते राति नै महोत्तरीकै सोनमा गाँउपालिका २ तरहारीमा भएको डकैती घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ । महोत्तरीमा भएको बिभिन्न डकैतीका घटनामा संलग्न उनी लामोसमयदेखि फरार रहेको थिए ।
प्रहरीले उनलाई पक्राउ गरेर महोत्तरी जिल्ला अदालतमा पेश गरेको थियो । उनलाई मंगलबार जिल्ला अदालतले पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरेको बताईएको छ ।