आज्ञा खबर
सर्लाही
सर्लाही प्रहरीले ४ राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बागमती नगरपालिका–८ का २४ वर्षीय रञ्जित राम र सर्लाही सदरमुकाम मंलगवा नगरपालिका–१ घर भएका २१ वर्षीय पोसन महरा रहेका छन्।
विषेश सूचनाको आधारमा अस्थायी प्रहरी चौकी सोल्टी र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले टोलीले बागमती नगरपालिका– १० बाट गएराति उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी मुक्ति सापकोटाले जानकारी दिए।
शंकरपुरबाट सोल्टी तर्फ जाँदै गरेको बिआर–३० डब्लु–५८८३ नम्बरको मोटरसाइक रोकेर जाँच गर्ने क्रममा ८ एमएम को ४ राउन्ड गोलीसहित उनिहरु पक्राउ परेका हुँन् ।
पक्राउ परेका दुबैजनालाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।