जनकपुरको होटलमा साथीहरूसँगै आएकी एक युवतीको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ रामानन्द चोकस्थित होटेल सिटी एण्ड फ्यामली रेष्टुरेन्टमा सोमबार साँझ साथीहरूसँगै आएकी एक युवतीको मंगलबार मृत्यु भएको छ।
मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१३ बस्ने अन्दाजी ३० वर्षीया खुश्बु सुनार नेपाली रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले बताए ।
खुश्बुको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक फरार भएका छन्।
निधन शंकास्पद देखिएकाले घटनाको अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
युवतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र सँगै बसेको भनिएका दुई युवकको खोजी भइरहेको धनुषा प्रहरीले जानाएको छ ।