रौतहटबाट गाँजा सहित एक जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
रौतहटमा प्रहरीले लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
बिशेश सुचनाको आधारमा जिल्लाको चन्द्रपुर १ नुनथरबाट इलाका प्रहरी कार्यालय चन्द्रपुरको प्रहरी टोलीले सिन्धुलीबाट पौराईतर्फ जाँदै गरेका चन्द्रपुर नगरपालिका वडा नम्बर १ का ३७ वर्षीय साने भन्ने सन्त तामाङलाई १५ किलो ४ सय ग्राम गाँजा सहित पक्राउ गरेको हो ।

गस्तीमा रहेका प्रहरीलाई शङ्का लागेर चेकजाँच गर्दा उनले बोकेको झोलाबाट प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएपछि नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिईन ।

तामाङलाई लागूऔषध सम्बन्धी कसुर मुद्दा दर्ता गरेर अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।