बर्दिवासको कच्ची सडक डलान र कालोपत्रे हुँदा सवारी आवतजावतमा सहजता सडकमा धुलो उडन न्युनिकरण

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–१ स्थित पुर्ब पश्चिम राजमार्गको दक्षिणतर्फ यातायात सेवा कार्यालय अगाडिदेखी सम्भु फुयाँलको घर सम्मको सडकमा ढलानको काम तीव्र गतिमा भईरहेको छ ।
उपभोक्ता समितिको ३ लाख ५४ हजार २ सय ६८ रुपैयाँ ५५ पैसा श्रमदान रहेको उक्त सडक ढलान निर्माणकालागी बर्दिवास नगरपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

१ सय २१ मिटर लम्बाई र २१ फिट चौडाई रहेको सो सडकमा २ फिटको नाला सहित ६ ईन्च मोटाई भएको ढलानको काम शुरु गरीएको हो ।
आगामी चैत्र १२ गतेभित्र ढलान सम्पन्न गर्ने लक्षय रहेको सो बाटोमा गत माघ १४ गते देखी निर्माणकार्य शुरु गरिएको थियो ।
करीब ७० प्रतिशत काम सम्पन्न भइसकेको ढलान सडकको गुणस्तर अनुगमन मंगलवार बर्दिवास नगरपालिकाका प्रमुख प्रलाद कुमार क्षेत्रीले गरेका छन ।
अनुगमनको क्रममा उनले बर्दिवासको पुर्वाधार बिकासकालागी नगरले द्रुत गतिमा काम गरेर नागरिकलाई सेवा प्रदान गरीने बताए । प्रमुख क्षेत्रीले बर्दिवासको नागरिकले अपेक्षा गरे अनुसारको काम थालिएकोले केहि समय भित्रै नागरिकको अपेक्षाको परिणाम ब्यवहारमा वडा र टोल सम्मै पु–र्याउने योजना रहेको जनाए ।

 

तीव्र गतिमा काम भइरहेको उक्त सडकमा तोकिएको समयभन्दा अगाडि नै ढलान सम्पन्न हुने निर्माण उपभोक्ता समितिका अध्यक्ष समिर फुयाँलले बताए ।

बिगत २० महिनादेखी बर्दिवास नगरपालिकाको अधिकांश कच्ची सडक ढलान र कालोपत्रे हुँदा नगरमा मोटरसाइकल, टेम्पो,बस ,ट्रक लगायतका सवारी साधन आवतजावतमा सहज हुनुका साथै सडकमा धुलो उडने समस्यामा न्युनिकरण भएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...