बर्दिवासको कच्ची सडक डलान र कालोपत्रे हुँदा सवारी आवतजावतमा सहजता सडकमा धुलो उडन न्युनिकरण

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका–१ स्थित पुर्ब पश्चिम राजमार्गको दक्षिणतर्फ यातायात सेवा कार्यालय अगाडिदेखी सम्भु फुयाँलको घर सम्मको सडकमा ढलानको काम तीव्र गतिमा भईरहेको छ ।
उपभोक्ता समितिको ३ लाख ५४ हजार २ सय ६८ रुपैयाँ ५५ पैसा श्रमदान रहेको उक्त सडक ढलान निर्माणकालागी बर्दिवास नगरपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

१ सय २१ मिटर लम्बाई र २१ फिट चौडाई रहेको सो सडकमा २ फिटको नाला सहित ६ ईन्च मोटाई भएको ढलानको काम शुरु गरीएको हो ।
आगामी चैत्र १२ गतेभित्र ढलान सम्पन्न गर्ने लक्षय रहेको सो बाटोमा गत माघ १४ गते देखी निर्माणकार्य शुरु गरिएको थियो ।
करीब ७० प्रतिशत काम सम्पन्न भइसकेको ढलान सडकको गुणस्तर अनुगमन मंगलवार बर्दिवास नगरपालिकाका प्रमुख प्रलाद कुमार क्षेत्रीले गरेका छन ।
अनुगमनको क्रममा उनले बर्दिवासको पुर्वाधार बिकासकालागी नगरले द्रुत गतिमा काम गरेर नागरिकलाई सेवा प्रदान गरीने बताए । प्रमुख क्षेत्रीले बर्दिवासको नागरिकले अपेक्षा गरे अनुसारको काम थालिएकोले केहि समय भित्रै नागरिकको अपेक्षाको परिणाम ब्यवहारमा वडा र टोल सम्मै पु–र्याउने योजना रहेको जनाए ।

 

तीव्र गतिमा काम भइरहेको उक्त सडकमा तोकिएको समयभन्दा अगाडि नै ढलान सम्पन्न हुने निर्माण उपभोक्ता समितिका अध्यक्ष समिर फुयाँलले बताए ।

बिगत २० महिनादेखी बर्दिवास नगरपालिकाको अधिकांश कच्ची सडक ढलान र कालोपत्रे हुँदा नगरमा मोटरसाइकल, टेम्पो,बस ,ट्रक लगायतका सवारी साधन आवतजावतमा सहज हुनुका साथै सडकमा धुलो उडने समस्यामा न्युनिकरण भएको छ ।