मधेशमा प्रदेश प्रमुख फेरबदल हुँदै सुमित्रा भण्डारीलाई प्रदेश प्रमुखमा सिफारिस

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख फेरबदल गरेको छ ।
बैठकले मधेश प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गर्न सिफारिस गरेको हो ।
हालका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्त गर्न सिफारिस गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मधेश प्रदेशमा हाल हरिशंकर मिश्र, प्रदेश प्रमुख रहेका छन् ।
यसैगरी सरकारले नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सिफारिस अनुसार मधेश प्रदेशमा सुमित्रा भण्डारीलाई प्रदेश प्रमुखमा सिफारिस गरीएको बताईएको छ ।