महोत्तरीको बन क्षेत्र बर्षेनी डढेलोको शिकार : सम्बन्धित निकाय मुकदर्शक

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
पूर्व पश्चिम राजमार्ग नजिकै पर्ने महोत्तरीको बन क्षेत्र बर्षेनी डढेलोको शिकार बनेपनी बन जोगाउन सम्बन्धित निकाय मुकदर्शक बन्नु सिवाय केही देखिएको छैन । बन जोगाउन प्रदेश र संघिय सरकारले बिभिन्न किसिमको योजना ल्याएपनी योजना कागजकै खोस्टामा सिमित भएको देखिएको छ । हरेक बर्ष जस्तै यो बर्षपनी गर्मी तथा सुख्खा मौषमको शुरुवात संगै महोत्तरीको महेन्द्र राजमार्ग छेउछाउका घना जङ्गलमा लागिरहेको डढेलो फैलिएको छ । दिउँसो हावाहुरी चल्न थालेसँगै लागेको डढेलो बन क्षेत्रमा बढ्दै गएको हो ।

डढेलोका कारण वासस्थान गुम्दा वन्यजन्तु समस्यामा परेका छन् । राजमार्गको डिल (किनारा) सम्म नै डढेलो सल्किरहेको देखिन्छ । सडकलाई छुने गरी डढेलो सल्किँदा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन ओहोरदोहोर गर्न नै जोखिम हुन थालेको छ । दिनानुदिन फैलँदो डढेलो नियन्त्रणका लागि वन कार्यालय र उपभोक्ता समितीले बेवास्ता गरेकै कारण हरेक बर्ष बन क्षेत्रमा ठुलो क्षती हुनेगरेको स्थानियको भनाई रहेको छ ।
त्यसैगरी वनमा लागेको डढेलो नजिकका घर तथा वन कार्यालयहरूमा राखिएका काठको घाटगद्धीमा सल्कने जोखिम बढेको छ ।
यसैगरी महोत्तरीका डिभिजन वन प्रमुख संतोष कुमार झा ले सबै ठाउँमा लागेको डढेलो वन कार्यालयले मात्रै निभाउन असम्भव रहेकाले यसमा सबैले सहयोग गर्नुपर्ने बताएका छन । “वन डढेलो भनेको ठुलो विपत्ति हो, वनका कर्मचारीले मात्रै निभाउन सम्भव हुँदैन,” डिभिजन वन प्रमुख झा ले भने, “यसमा आम उपभोक्ता र वन समिती प्रहरी प्रसाशन र स्थानियले पनि भूमिका खेल्नुपर्छ ।